दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नै ६ वर्षीया छोरी अपहरण गरी बेचेको कसुरमा आजीवन कारावासको सजाय सुनाएको छ।
जसलिन स्मिथ नाम गरेकी ती ६ वर्षीया बालिका २०२४ वर्ष फेब्रुअरीमा केप टाउननजिकैको साल्दान्हा खाडीमा रहेको आफ्नै घरबाट रहस्यमय तरिकाले बेपत्ता पारिएकी थिइन्। जति खोजी गरिए पनि उनी अहिलेसम्म फेला परेकी छैनन्।
यसपछि परेको मुद्दामा सुनुवाइ गर्दै उनलाई उनकै आमा राक्वेल ‘केली’ स्मिथले अपहरण गरी बेचेको ठहर गरेको हो।
रिपोर्टअनुसार उनले छोरीलाई २० हजार र्यान्ड (एक हजार एक सय डलर) मा बेचेकी हुन्।
न्यायाधीश नाथन इरास्मसले बालिकाकी आमा ३५ वर्षीया स्मिथसहित उनका प्रेमी ज्याकलिन अपोलिस र साथी स्टेभाना भ्यान राइनलाई बराबर जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ।
स्मिथ अदालतमा उपस्थित थिइन् र एक घण्टाको सुनुवाइका क्रममा निष्क्रिय दृष्टिले बसिरहिन्।
दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी अपराधको दर छ र बालबालिकाको अपहरण बढ्दै गएको छ।
Shares

प्रतिक्रिया