ग्लोबल


परस्त्रीसँग देखिएपछि पार्टीबाट निष्कासित तेजप्रतापको पहिलो प्रतिक्रिया: बुवा! मलाई तपाईंको माया चाहिन्छ

परस्त्रीसँग देखिएपछि पार्टीबाट निष्कासित तेजप्रतापको पहिलो प्रतिक्रिया:  बुवा! मलाई तपाईंको माया चाहिन्छ

तेजप्रताप यादव


नेपालखबर
जेठ १८, २०८२ आइतबार ८:१६, काठमाडौँ

परिवार र राष्ट्रिय जनता दल (आरजेडी) बाट निष्कासन भएपछि भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवले आइतबार पहिलोपटक प्रतिक्रिया दिएका छन्। 

उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘मेरो प्यारो आमा बुबा! मेरो सम्पूर्ण संसार तपाईंहरू दुईमा अडिएको छ। तपाईं र तपाईंले दिएको कुनै पनि आदेश भगवान्‌को भन्दा ठूलो हुन्छ। तपाईं हुनुहुन्छ र त मसँग सब थोक छ।’

‘मलाई तपाईंको विश्वास र माया मात्र चाहिन्छ, अरू केही होइन। बुबा! तपाईं नभएको भए न यो पार्टी हुने थियो न त जयचन्दजस्ता राजनीति गर्ने कोही लोभी मानिस! बस्, आमा बुबा, तपाईं दुवै सधैँ स्वस्थ र खुसी रहनुहोस्।’

गत मे २४ तारिका दिन विवाहित तेजप्रताप यादव आफ्नो फेसबुकमा परस्त्रीसँग देखिएपछि बदनाम भएको भन्दै उनका बुवा लालु यादवले उनलाई परिवार र पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेका छन्। 

प्रेमिका भन्दै फेसबुकमा स‌ंयुक्त तस्बिर सार्वजनिक गरिएपछि तेजप्रतापको व्यापक आलोचना भएको थियो। त्यसपछि उनले त्यो तस्बिर हटाउँदै एक्स ह्यान्डलमार्फत आफ्नो फेसबुक कसैले ह्याक गरेको दाबी गरेका थिए। 

तर उनका बुवा बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्दै परिवारमा पनि कुनै भूमिका नरहने घोषणा गरे। 

तेज प्रतापले सन् २०१८ मा ऐश्वर्या राय नामकी युवतीसँग विवाह गरेका थिए। तर विवाहको केही महिनापछि नै तेजप्रतापले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हाले। जसमा यही जुन २१ तारिख सुनुवाइ हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad