रुसमा युक्रेनी सीमानजिकै राजमार्गको पुल अचानक भत्किएर रेलमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो। भारी ट्रकहरूसँगै पुल खसेको हो।
दुर्घटनामा कम्तिमा ३२ जना घाइते पनि भएका छन्।
रुसको आपतकालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलमा फसेका मानिसहरू खोज्ने प्रयास गरिरहेको बताएको छ।
रुसी रेलवेले विज्ञप्ति जारी गरी 'यातायात प्रणालीमा अवैध हस्तक्षेप' का कारण पुल भत्किएको आरोप लगाएको छ।
मस्कोको अन्तर-क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ।
162
Shares

प्रतिक्रिया