ग्लोबल


अमेरिकाको कोलोराडोमा एउटै व्यक्तिले ‘धेरै मानिस’लाई आगो लगाए

अमेरिकाको कोलोराडोमा एउटै व्यक्तिले ‘धेरै मानिस’लाई आगो लगाए

नेपालखबर
जेठ १९, २०८२ सोमबार ८:१६, काठमाडौँ

अमेरिकी राज्य कोलोराडोस्थित बोल्डर सहरको एक मलमा एक व्यक्तिले आगो लगाएर धेरै मानिसलाई घाइते पारेका छन्। 

अमेरिकी प्रहरीका अनुसार घटनामा धेरै मानिस जलेका छन् र उपचार भइरहेको छ।

यो आक्रमण, केही मानिस  इजरायली बन्धकको समर्थनमा मार्च निकालिरहेका बेला भएको हो।

अनुसन्धान एजेन्सी एफबीआईका प्रमुख काश पटेलले कोलोराडोको बोल्डरमा भएको आक्रमणको अनुसन्धान भइरहेको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा एफबीआई एजेन्ट र स्थानीय कानुन प्रवर्तन अधिकारी घटनास्थलमा छन् र जानकारी प्राप्त हुनेबित्तिकै अपडेट दिइरहनेछौँ।’

एफबीआईका अर्का वरिष्ठ अधिकारी डान बोन्गियोले पनि आफ्नो टोली घटनास्थलमा पुगेको बताएका छन्।

उनले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यो घटनालाई आतंकवादी कार्य र लक्षित हिंसाका रूपमा अनुसन्धान गरिरहेका छौँ। यस अनुसन्धानमा कुनै कसर बाँकी राखिने छैन।’

बोल्डर प्रहरी प्रमुख स्टिफन रेडफर्नले आक्रमणमा धेरै व्यक्ति घाइते भएको बताएका छन्।

उनले अभियुक्तलाई पनि फेला पारिएको र हिरासतमा लिइसकिएको बताएका छन्। 

यद्यपि स्थानीय प्रहरीले यो घटनालाई अहिलेसम्म आतंकवादी आक्रमण मानेको छैन।

घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad