ग्लोबल


भारतमा रोकिएन कोरोना संक्रमण, मृतकको संख्या ३४ पुग्यो

भारतमा रोकिएन कोरोना संक्रमण, मृतकको संख्या ३४ पुग्यो

नेपालखबर
जेठ २०, २०८२ मंगलबार ६:४८, काठमाडौँ

भारतमा कोरोना संक्रमणको लहर रोकिने छाँट देखिएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लोपटक थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै मंगलबार बिहानसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ।

भारतीय स्वास्थ्य विभागको वेबसाइटअनुसार कोरोना संक्रमण दर १० दिनमा १५ गुणा बढेको छ। 

अहिले भारतभर सक्रिय संक्रमितको संख्या ३ हजार ९७६ पुगेको छ।

सोमबार अहमदाबादमा १८ वर्षीया गर्भवती र ४७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

यसअघि आइतबार दिल्लीमा २२ वर्षीया युवती र तमिलनाडुमा २५ वर्षीय युवकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। 

छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad