ग्लोबल


‘गाजाको अवस्था नर्कभन्दा पनि खराब’ : रेडक्रस

‘गाजाको अवस्था नर्कभन्दा पनि खराब’ : रेडक्रस

नेपालखबर
जेठ २१, २०८२ बुधबार १६:५५, काठमाडौँ

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)  का अध्यक्ष मिर्जाना स्पोलजारिकले ‘गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब’ भएको बताएकी छन्। 

जेनेभा मुख्यालयमा बीबीसीलाई दिएको अन्तर्वार्तामा स्पोलजारिकले उनले भनिन्, "(गाजामा) मानवता पूर्ण रूपमा समाप्त भएको छ।’

उनले अगाडि देशहरूले यो युद्ध तथा प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरू रिहा गर्न पर्याप्त कदम नचालेको टिप्पणी गरेकी छन्।’

उनले भनेकी छन्, ‘प्यालेस्टिनीहरूलाई मानवीय मर्यादाबाट वञ्चित गरिएको छ र अन्तर्राष्ट्रिय मानवीय कानुन खोक्रो हुँदै छ। गाजामा जे भइरहेको छ, त्यो कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न सक्दैन।’

आईसीआरसी युद्ध क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो। गाजामा यसका लगभग १३० कर्मचारी छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनी छन्।

सोमबार गाजामा राहत केन्द्रनजिकै 'इजरायली गोलीबारी'मा कम्तीमा २७ प्यालेस्टिनी मारिएको गाजाका स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad