ग्लोबल


मस्कले महाभियोग लगाउनपर्छ भनेपछि ट्रम्पको टिप्पणी: ‘पागल भइसके’

मस्कले महाभियोग लगाउनपर्छ भनेपछि ट्रम्पको टिप्पणी: ‘पागल भइसके’

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १३:४३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र एक समय उनका नजिकका मानिस टेस्ला प्रमुख इलोन मस्कबीच यतिबेला चर्काचर्की परिरहेको छ। 

मस्कले सरकारी दक्षता विभाग (डज) छाडेपछि एकअर्काको आलोचनामा उत्रिएका दुई जनाबीच बिहीबार राति सामाजिक सञ्जालमा चर्को भनाभन भएको छ। 

यस क्रममा मस्कले ट्रम्पलाई महाभियोग लगाउनसमेत माग गरेका छन्। अनि उपराष्ट्रपति जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने टिप्पणी गरेका छन्। 

यसैगरी मस्कले ट्रम्पको नाम जेफ्री एपस्टाइनसँग पनि जोडेका छन्। एपस्टाइन तिनै व्यक्ति हुन्, जो यौन दुर्व्यवहार र किशोरीको बेचबिखन मुद्दामा दोषी ठहर्‍याइएका छन्। 

मस्कले ट्रम्पको नाम एपस्टाइनका फाइलहरूमा रहेको दाबी गरेका छन्। यही कारण ती फाइल सार्वजनिक नगरिएको जिकिर उनले गरेका छन्। 

उता ट्रम्पले मस्कका कम्पनीसँग गरिएका सरकारी सम्झौता र दिने गरिएका अनुदान अन्त्य गर्ने चेतावनी दिएका छन्। साथै उनले मस्कलाई पागल भइसकेको समेत बताएका छन्।

मस्कको पोस्ट, जसमा उनले जेडी भान्सलाई राष्ट्रपति बनाउन माग गरेका छन्:

अनि सुरु भयो ट्रम्प र मस्कबीच वाकयुद्ध 
डज छाडेको घोषणापछि मस्कले ट्रम्पको घरेलु नीति र कर विधेयकको आलोचना गरे। जसलाई ट्रम्पले 'बिग ब्युटिफुल बिल' भनेर प्रचार गरिरहेका थिए। मस्कले यो विधेयकलाई 'धेरै नराम्रो' भने।

मस्क यत्तिमै रोकिएनन्। मस्कले ट्रम्प र उनका सहयोगीका पुराना टिप्पणी पनि सामाजिक सञ्जालमा सेयर गर्न थाले, जसमा उनीहरूले अमेरिकी सरकारको बढ्दो खर्च र घाटामा चिन्ता व्यक्त गरेका छन्। जसले दुईबीच विवाद अझ बढायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad