ग्लोबल


कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर पक्राउ

कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर पक्राउ

फाइल तस्बिर: कोलम्बियाका राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबे टर्बे


नेपालखबर
जेठ २५, २०८२ आइतबार ११:२८, काठमाडौँ

कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबे टर्बेलाई एक व्यक्तिले गोली हानेका छन्।

बीबीसीका अनुसार उनलाई बोगोटामा आयोजित चुनावी कार्यक्रमका क्रममा तीनपटक गोली हानिएको हो। 

तीमध्ये दुई गोली उनको टाउकोमा लागेको बताइएको छ।

३९ वर्षीय मिगुएल उरिबे टर्बे शनिबार बोगोटाको एक पार्कमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला गोली आक्रमण भएको हो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले घटनास्थलबाट १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

फोनमा रेकर्ड गरिएको फुटेजमा उनलाई भाषण दिइरहेका बेला गोली लागेको देखाइएको छ। 

समाचार एजेन्सी एएफपीले प्यारामेडिक्सलाई उद्धृत गर्दै मिगुएलको टाउकामा दुईपटक र घुँडामा एकपटक गोली लागेको उल्लेख गरेको छ। 

उनको पार्टी सेन्ट्रो डेमोक्र्याटिकोले आक्रमणको निन्दा गर्दै यो राजनीतिज्ञ, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रताका लागि ठूलो खतरा भएको बताएको छ।

कोलम्बियाली सरकारले आक्रमणको निन्दा गर्दै भनेको छ, ‘यो आक्रमण केवल एक व्यक्तिमाथि मात्र होइन, लोकतन्त्रमाथि आक्रमण हो।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो आक्रमणलाई लोकतन्त्रमाथिको प्रत्यक्ष आक्रमण भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad