बेलायतले कब्जा गरिएको क्षेत्र वेस्ट बैंकमा ‘प्यालेस्टिनी समुदायविरुद्ध बारम्बार हिंसा भड्काएको’ आरोपमा इजरायलका दुई मन्त्रीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
बेलायती विदेशमन्त्री डेभिड लामीले इजरायका सुरक्षामन्त्री इटामार बेन-ग्विर र अर्थमन्त्री बेजालेल स्मोट्रिचलाई बेलायत प्रवेश गर्न प्रतिबन्ध लगाइएको र बेलायतमा रहेका उनीहरूका सबै सम्पत्ति जफत गरिने बताएका छन्।
मन्त्री लामीले इजरायलका मन्त्रीद्वय स्मोट्रिच र बेन-ग्भिरले ‘चरमपन्थी हिंसा र प्यालेस्टिनी मानव अधिकारको गम्भीर उल्लंघनलाई उक्साएको’ आरोप लगाएका छन्।
जवाफमा इजरायलले ‘निर्वाचित प्रतिनिधि र सरकारका सदस्यविरुद्ध यस्ता प्रतिबन्ध लागु गरिनु अपमानजनक" भएको बताएको छ।
मंगलबार घोषित उक्त प्रतिबन्ध बेलायत, नर्वे, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले संयुक्त कारबाहीको अंश हो।
गाजा युद्धमा इजरायली मन्त्रीद्वय स्मोट्रिच र बेन-ग्भिरले राखेका अडानको पनि आलोचना गरिएको छ।
दुवै मन्त्रीले गाजामा सहायता अनुमति दिन नहुने बताइरहेका छन् र क्षेत्र बाहिर प्यालेस्टिनीहरूको पुनर्वासका लागि आह्वान गरेका छन्।
Shares

प्रतिक्रिया