ग्लोबल


गुजरातमा विमान खस्यो

गुजरातमा विमान खस्यो

विमान दुर्घटनास्थलको तस्बिर


नेपालखबर
जेठ २९, २०८२ बिहिबार १४:२७, काठमाडौँ

बिहीबार (१२ जुन) दिउँसो भारतस्थित गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ। 

दुर्घटनाको सार्वजनिक तस्बिरमा डरलाग्दो धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा २४२ यात्रु थिए। विमान टुक्राटुक्रा भएको छ। उद्धार जारी छ। 

तस्बिरमा विमानको एउटा पंखा भाँचिएर खसेको देखिन्छ।

अग्निनियन्त्रकहरूले पानी छर्केर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad