इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा आफ्नो देशले गरेको आक्रमणबारे भिडिओ सन्देश जारी गरेका छन्।
उनले भनेका छन्, ‘इजरायलले इरानको आणविक संवर्धन कार्यक्रमको मुख्य केन्द्रमा आक्रमण गरेको छ।’
उनका अनुसार यो आक्रमण इरानी राजधानी तेहरानबाट लगभग २२५ किलोमिटर दक्षिणमा रहेको इरानी सहर नातान्जमा अवस्थित इरानको मुख्य संवर्धन केन्द्रमा गरिएको हो।
इरानले अप्रिल २०२१ मा यस केन्द्रमा साइबर आक्रमणका लागि इजरायललाई दोष दिएको थियो। इजरायलले ‘इरानी बममा काम गर्ने’ वैज्ञानिकहरूलाई लक्ष्य गरेको उसको आरोप थियो।
नेतन्याहुले भनेका छन्, ‘आक्रमण आवश्यक पर्ने दिनहरूसम्म जारी रहनेछन्।’
उनले अगाडि भनेका छन्, ‘केही समयअघि इजरायलले आफ्नो अस्तित्वमा इरानी खतरा कम गर्न अपरेसन राइजिङ लायन सुरु गरेको छ।’
इजरायली प्रधानमन्त्री नेतन्याहुले हालैका महिनामा इरानले पहिले कहिल्यै नचालेको अर्थात् समृद्ध युरेनियमबाट हतियार बनाउने कदम चालेको बताएका छन्।
उनले भनेका छन्, ‘यदि यो रोकिएन भने इरानले धेरै छोटो समयमा आणविक हतियार बनाउन सक्छ। यसमा केही महिना वा एक वर्षभन्दा कम समय लाग्न सक्छ। यो इजरायलको अस्तित्वको लागि स्पष्ट तथा वर्तमान खतरा हो।’
इजरायली प्रधानमन्त्री नेतन्याहुले आणविक वार्तामा ‘नेतृत्व" गरेकामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद पनि दिएका छन्।
उनले भनेका छन्, ‘उनले बारम्बार स्पष्ट पारेका छन् कि इरानले आणविक संवर्धन कार्यक्रम अगाडि बढाउन सक्दैन।’
ट्रम्पले बिहीबार मात्र ‘द्वन्द्वबाट बच्ने’ आशा व्यक्त गरेका थिए।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘यो आक्रमणमा वासिङ्टन संलग्न छैन।’
इजरायलका प्रधानमन्त्री नेतन्याहुको भिडिओ सन्देश-
Prime Minister Netanyahu:
— Prime Minister of Israel (@IsraeliPM) June 13, 2025
"Moments ago, Israel launched Operation Rising Lion, a targeted military operation to roll back the Iranian threat to Israel's very survival.
This operation will continue for as many days as it takes to remove this threat." pic.twitter.com/3c8oF1GCYa
Shares

प्रतिक्रिया