ग्लोबल


इजरायलको आक्रमणमा आईआरजीसी कमान्डर मारिएलगत्तै इरानले गर्‍यो नयाँ नियुक्ति

इजरायलविरुद्ध सैन्य जवाफ दिन आदेश जारी
इजरायलको आक्रमणमा आईआरजीसी कमान्डर मारिएलगत्तै इरानले गर्‍यो नयाँ नियुक्ति

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १३:२१, काठमाडौँ

इजरायलले गरेको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर हुसेन सलामी मारिएलगत्तै इरानले उनको स्थानमा कुड्स फोर्सका पूर्वप्रमुख जनरल वाहिदीलाई नियुक्ति गरेको छ। 

कमान्डर पदमा नियुक्तिलगत्तै जनरल वाहिदीले इजरायललाई आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन्। 

इरानी सरकारी मिडियाका अनुसार, इजरायलको आक्रमणमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसमा इरान रिभोलुसनरी गार्डका कमान्डर हुसेन सलामी, खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामाली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन्। 

साथै आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक र तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मारिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad