इजरायल रक्षा बल (आईडीएफ) ले इरानमा निरन्तर हवाई आक्रमण गरिरहेको बताएको छ।
आईडीएफले टेलिग्राममा विज्ञप्ति पोस्ट गरी इरानविरुद्धको हमला जारी रहेको जानकारी दिएको हो।
विज्ञप्तिमा लेखिएको छ, ‘इरानमा रहेको खतरा हटाउन इजरायली वायुसेनाले निरन्तर आक्रमण गरिरहेको छ।’
विज्ञप्तिसँगै एउटा भिडिओ पनि सार्वजनिक गरिएको छ, जसमा हवाई आक्रमणका दृश्य देख्न सकिन्छ।
शुक्रबार इजरायलको आक्रमणमा इरानका तीन सैन्य कमान्डर मारिएका छन्।
उता इरानले पनि इजरायलविरुद्ध जवाफी हमला गरिरहेको छ।
इजरायलको आपत्कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले इरानको हवाई आक्रमणमा २१ जना घाइते भएको बताएको छ।
आक्रमण इजरायलको मध्य तटीय क्षेत्रमा भएको हो।
एमडीएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारीअनुसार घाइतेमध्ये एक जनाको अवस्था अत्यन्तै गम्भीर छ। केही मानिस गम्भीर घाइते छन् भने अरूलाई सामान्य चोट लागेको छ।
इरानले इजरायलमा गरेका आक्रमणपछिका केही दृश्य:





Shares

प्रतिक्रिया