गण्डकी


बागलुङ जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो

बागलुङ जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो

बागुलुङमा शुक्रबार साँझ पल्टिएको जिप।


नेपालखबर
जेठ ३१, २०८२ शनिबार १३:४१, ढोरपाटन (बागलुङ)

बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका-२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

गम्भीर घाइते ढोरपाटन नगरपालिका-२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए। 

दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका-२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका-५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन-१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन-५ की ३० वर्षीया टनमाया कुँवर घाइते घाइते भएका छन्। 

घाइतेहरू मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचाररत रहेको उनले जानकारी दिए।

जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो। गाडीमा १६ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad