ग्लोबल


केदारनाथका तीर्थयात्री चढेको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

केदारनाथका तीर्थयात्री चढेको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपालखबर
असार १, २०८२ आइतबार ९:१४, काठमाडौँ

भारतीय राज्य उत्तराखण्डमा तीर्थयात्री चढेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड र सोनप्रयाग क्षेत्रमा हेलिकप्टर खसेको हो। 

जसमा सवार चालकसहित पाँच जनाको मृत्यु भएको बताइएको छ। हेलिकप्टर आर्यन कम्पनीको थियो।

हेलिकप्टर बिहान ५:१५ बजे गुप्तकासीबाट केदारनाथका लागि उडेको थियो।

केदारनाथ धामबाट यात्रु लिएर फर्किंदा हेलिकप्टर दुर्घटना भएको हो।

दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad