इजरायल र इरानबीच जारी द्वन्द्वलाई ध्यानमा राख्दै भारत सरकार सतर्क भएको छ।
यस लडाइँमा फसेका भारतीय नागरिकका लागि भारत सरकारले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) स्थापना गरेको छ।
साथै सरकारले हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ।
भारतको विदेश मन्त्रालयअन्तर्गत स्थापित नियन्त्रण कक्षले २४ घण्टा काम गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यी हुन् नम्बर
१८००११८७९७ (टोल फ्री)
+९१-११-२३०१२११३
+९१-११-२३०१४१०४
+९१-११-२३०१७९०५
+९१-९९६८२९१९८८ (ह्वाट्सएप)
इमेल आईडी: [email protected]
कलका लागि
१. +९८ ९१२८१०९११५
२. +९८ ९१२८१०९१०९
शुक्रबारदेखि इजरायल र इरानबीच लडाइँ जारी छ। यस क्रममा आजै बिहान इरानले फेरि इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ।
2.5k
Shares

प्रतिक्रिया