ग्लोबल


मुम्बई पुग्नुपर्ने एयर इन्डियाको विमानमा प्राविधिक गडबडी देखिएपछि कोलकातामै आरोलियो यात्रु

मुम्बई पुग्नुपर्ने एयर इन्डियाको विमानमा प्राविधिक गडबडी देखिएपछि कोलकातामै आरोलियो यात्रु

नेपालखबर
असार ३, २०८२ मंगलबार १०:११, काठमाडौँ

सान फ्रान्सिस्कोबाट मुम्बई आउँदै गरेको एयर इन्डियाको विमानमा प्राविधिक गडबडी भएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमै यात्रु ओराल्नुपरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उडान नम्बर एआई१८० को विमान कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२००एलआर (वर्ल्डलाइनर) यो विमान गएराति १२:४५ बजे कोलकाता आइपुगेको थियो। बिहान २:०० बजे मुम्बईका लागि प्रस्थान गर्ने तालिका थियो।

तर विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखिएपछि बिहान ५:२० बजेतिर क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओर्लन भने।

उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad