ग्लोबल


अहमदाबाद विमान दुर्घटना: अहिलेसम्म २०८ जनाको शव चिनियो

अहमदाबाद विमान दुर्घटना: अहिलेसम्म २०८ जनाको शव चिनियो

नेपालखबर
असार ५, २०८२ बिहिबार ६:०, काठमाडौँ

अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म २०८ जनाको शव डीएनए परीक्षणबाट पहिचान भएको छ। यीमध्ये १७३ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश जोशीले दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हस्तान्तरण गरिएका शवमा १३१ भारतीय नागरिक, ४ पोर्चुगिज, ३० बेलायती नागरिक, १ क्यानेडियन र ६ गैरयात्रु छन्।

दुर्घटनापछि सिभिल अस्पताल भर्ना गरिएकामध्ये ७१ जना घाइतेमध्ये अहिले ७ जना बिरामी मात्र उपचार गराइरहेका छन्। अन्य बिरामी डिस्चार्ज भइसकेका छन्। 

यही जुन महिनाको २ तारिख दिउँसो अहमदाबादस्थित विमानस्थलबाट एयर इन्डियाको उडान एआई-१७१ (७८७-८ बोइङ ड्रिमलाइनर) विमान उडेको केही बेरमै बीजे मेडिकल कलेज र सिभिल अस्पतालको होस्टेल भवनमा ठोकिँदै खसेको थियो। 

दुर्घटनामा विमानमा सवार २४१ र भवनमा रहेका ३४ जना गरी जम्मा २७५ व्यक्तिको मृत्यु भएको थियो। त्यसो त सबैको डीएनए परीक्षणपछि मात्र मृतकको संख्या स्पष्ट हुने अस्पताल व्यवस्थापनले जनाएको छ।

यसैबीच टाटा समूहले मृतकका परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ। साथै सबै घाइतेको उपचार खर्च पनि टाटा समूहले बेहोर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad