ग्लोबल


ट्रम्पले भने: म पाकिस्तानलाई माया गर्छु

ट्रम्पले भने: म पाकिस्तानलाई माया गर्छु

नेपालखबर
असार ५, २०८२ बिहिबार ६:३०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पाकिस्तानलाई माया गर्ने बताएका छन्। 

बुधबार ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग फेरि एकपटक आफूले भारत-पाकिस्तान युद्ध रोकेको दाबी गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन्। 

ट्रम्पले भने, ‘मैले पाकिस्तानको युद्ध रोकेको छु। म पाकिस्तालाई माया गर्छु।’

यस्तै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबारे भने, ‘मोदी एक अद्‌भूत व्यक्ति हुन्।’

ट्रम्पले बुधबार मोदीसँग कुरा गरेको जानकारी दिँदै अब भारतसँग व्यापार सम्झौता गर्न सकिने जानकारी पनि दिए। 

बुधबार ट्रम्प र माेदीबीच फोनवार्ता भएको थियो।

ट्रम्पसँग के के भने मोदीले?

भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भन्नुभयो- यो सम्पूर्ण घटनाका दौरान भारत-कुनै पनि तहमा अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबीच अमेरिकाको मध्यस्थताजस्ता विषयमा कुनै छलफल भएन।’

गत मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम हुँदा अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नै मध्यस्थतामा यो सम्भव भएको दाबी गरिरहेका छन्।तर भारतले त्यसलाई अस्वीकार गरिरहेको छ। 

मिश्रीले भने, ‘सैन्य कारबाही रोक्ने वार्ता भारत र पाकिस्तानका दुई सेनाबीच स्थापित विद्यमान च्यानलमार्फत प्रत्यक्ष रूपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा गरिएको थियो। प्रधानमन्त्री मोदीले जोड दिनुभयो- भारतले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र कहिल्यै गर्ने पनि छैन। यस मुद्दामा भारतमा राजनीतिक एकमत छ।’

विक्रम मिश्रीले थपे, ‘राष्ट्रपतिले प्रधानमन्त्रीले विस्तारमा राखेका कुरालाई मनन गर्नुभयो र आतंकवादविरुद्ध भारतको लडाइँलाई समर्थन व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले यो पनि भन्नुभयो- भारतले अब आतंकवादलाई छद्‌ युद्धका रूपमा होइन, युद्धका रूपमा हेर्छ। भारतको अपरेसन सिन्दूर अझै जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad