ग्लोबल


आक्रमणबाट इरानका सर्वोच्च नेता खामेनी पनि ‘अछुतो नरहने’ नेतन्याहुको चेतावनी

आक्रमणबाट इरानका सर्वोच्च नेता खामेनी पनि ‘अछुतो नरहने’ नेतन्याहुको चेतावनी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
असार ५, २०८२ बिहिबार २०:४२, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको आणविक खतरालाई ‘पूर्ण रूपमा समाप्त’ पार्ने दाबी गरेका छन्।

इरानी आक्रमणमा परेको सोरोका अस्पतालमा नेतन्याहुले पत्रकारहरूसँग भने, ‘यस अपरेसनको अन्त्यसम्ममा इजरायललाई कुनै आणविक खतरा र ब्यालिस्टिक क्षेप्यास्त्रको खतरा हुनेछैन।’ 

यस क्रममा उनले इजरायलले यसअघि नै इरानको आणविक कार्यक्रमलाई धेरै नराम्रोसँग क्षति पुर्‍याइसकेको दाबी पनि गरे।

अब इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी सम्भावित लक्ष्य हुन् भनेर पत्रकारहरू सोध्दा नेतन्याहुले भने, ‘यसबाट कोही पनि अछुतो रहने छैन।’

पत्रकारहरूसँग कुरा गर्दै नेतन्याहुले इजरायलसँग अमेरिकाले गरेको साझेदारीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा पनि गरे।

उनले भने, ‘यो अविश्वसनीय" छ। लगभग हरेक दिन अमेरिकी राष्ट्रपतिसँग कुरा हुन्छ। 

उनले अगाडि भने, ‘मलाई लाग्छ- यो उनको दृढ संकल्प, दृढता र स्पष्टता हो, उनी भन्छन्- इरानसँग आणविक हतियार हुन सक्दैन र इरानले त्यसका लागि युरेनियम समृद्ध गर्न सक्दैन।’

इरानसँगको युद्धमा अमेरिकाले पनि साथ दिन्छ कि भन्ने प्रश्नमा नेतन्याहुले भने, ‘त्यो राष्ट्रपतिले निर्णय गर्ने कुरा हो तर उनले पहिलेदेखि धेरै मद्दत गरिरहेका छन्।’

सुरुमा जुन १३ मा इजरायलले इरानको 'आणविक कार्यक्रम'सँग सम्बन्धित स्थलमा आक्रमण गरेयता दुई देशबीच द्वन्द्व जारी छ। यसबीच दुवैतर्फ धेरै जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad