अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम अब सुरु भएको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!’
यसैबीच इजरायली सरकारले पनि आफू यसमा सहमत भएको बताएको छ।
साथै इजरायली सरकारले विज्ञप्तिमा भनेको छ, ‘इजरायलले युद्धविरामका कुनै पनि उल्लंघनको कडा जवाफ दिनेछ।’
इरानले यसअघि नै इजरायलले युद्ध रोके आफू पनि युद्धविराम गर्न तयार रहेको बताएको थियो।
ट्रम्पले दुई देशबीच युद्धविराम घोषणा गर्नुअघि मंगलबार बिहानै युद्धविराम हुँदै छ भनेका थिए।
सोमबार राति मात्र इजरायलले इरानको तेहरानमा धेरैवटा क्षेप्यास्त्र हानेको थियो।
जवाफमा इरानले पनि मंगलबार बिहान इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
इरानको सरकारी सञ्चारमाध्यमले युद्धविराम सुरु हुनुभन्दा अघि 'अन्तिम चरणको क्षेप्यास्त्र प्रहार' गरिएको बताएको छ।
इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले चार जनाको मृत्युका साथै २२ जना घाइते भएको जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया