ग्लोबल


इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

नेपालखबर
असार १०, २०८२ मंगलबार १३:१५, काठमाडौँ

इरान-इजरायल युद्धले भारतबाट मध्यपूर्व जाने र आउने विमानलाई असर गरिरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ६० भन्दा बढी भारतीय उडान रद्द गरिएका छन्।

जसमा दिल्ली विमानस्थलबाट हुने ४८ उडान रद्द गरिएका छन्। यीमध्ये २८ दिल्ली आउने र २० विमान दिल्लीबाट जाने थिए। 

यस्तै जयपुर विमानस्थलबाट ६ उडान रद्द गरिएका छन्। यसमा मध्यपूर्व जाने र आउने ३-३ उडान छन्।

यूएई-कतार हवाई क्षेत्र बन्द भएका कारण लखनऊ विमानस्थलबाट अबुधाबी र शारजाह जाने २ उडान रद्द गरिएका छन्।

अहमदाबाद विमानस्थल आउने ५ उडान रद्द गरिएका छन्। यसमा लन्डन, अबुधाबी, दुबई, कुवेत र दोहाबाट आउने उडान छन्।

यस्तै अमृतसर विमानस्थलबाट दुबई जाने उडान एसजी-५५ पनि रद्द गरिएको छ।

जुन २३ अर्थात् सोमबार राति बदलास्वरूप कतारमा रहेको अमेरिकी अल-उदेद हवाई सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो।

त्यसपछि कतार, बहराइन, यूएई, इराक र कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका थिए।

तर अहिले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad