ग्लोबल


मैले पुटिनलाई इरानलाई होइन, हामीलाई मद्दत गर्न भनेको थिएँ: ट्रम्प

मैले पुटिनलाई इरानलाई होइन, हामीलाई मद्दत गर्न भनेको थिएँ: ट्रम्प

डोनाल्ड ट्रम्प


नेपालखबर
असार ११, २०८२ बुधबार १९:४४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई इजरायल-इरान द्वन्द्वमा आफूहरूलाई सहयोग गर्न आग्रह गरेको बताएका छन्।

बीबीसीका अनुसार  इजरायल र इरानबीचको लडाइँका विषयमा आफूले पुटिनसँग पनि कुरा गरेको बताएका हुन्। 

उनले भने, ‘मैले उन (पुटिन) लाई इरानलाई होइन, हामीलाई मद्दत गर्न भनेको थिएँ।’

पुटिनले भने केही दिनअघि इरानका विदेशमन्त्रीसँग भेट गर्दै आफू इरानी जनतालाई मद्दत गर्न प्रयासरत भएको बताएका थिए। 

यसैबीच ट्रम्पले इरान र इजरायललाई ‘स्कुल मैदानमा लडिरहेका दुई बच्चा’को संज्ञा पनि दिए। 

उनले भने, ‘उनीहरूलाई केही समय लड्न दिऊँ, त्यसपछि रोक्न सजिलो हुनेछ।’

ट्रम्पलाई सोधिएको थियो- अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई कति क्षति पुर्‍यायो? 

जवाफमा उनले भने, ‘मलाई लाग्छ- यो दशकौँ पछाडि धकेलिएको छ। उनीहरूले धेरै पीडा भोगेका छन्। धेरै कठिनाइहरूबाट गुज्रिरहेका छन्...।’

अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।

तर त्यसबाट इरानको आणविक कार्यक्रम नष्ट भएको छैन भन्ने रिपोर्ट बाहिरिएपछि ट्रम्पले खण्डन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad