अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो बैठकका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग जारी युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्।
ट्रम्पले यो वर्ष अमेरिकाले युक्रेनलाई अब सहयोग नगर्ने कुरा पनि अस्वीकार गरेनन्।
ट्रम्पले भने, ‘हामी हेर्नेछौँ के हुन्छ। पुटिन यो युद्ध अन्त्य गर्न चाहन्छन्। हरेक तहमा मानिसहरू मरिरहेका छन्। यो पहिले कहिल्यै भएको थिएन।’
अस्ट्रेलियाको सरकारी टीभीका एक रिपोर्टरले ट्रम्पलाई सोधे- तपाईंले युक्रेन र रुसबीचको युद्ध किन अन्त्य गर्न सकिरहनुभएको छैन?
जवाफमा ट्रम्पले भने, ‘यो मानिसहरूले सोचेभन्दा धेरै गाह्रो छ। निकै गाह्रो।’
‘जेलेन्स्की र मबीच केही समस्या छन्। तपाईंले यसबारेमा पढ्नुभएको हुनुपर्छ।’
यद्यपि ट्रम्पले इरान-इजरायल र भारत-पाकिस्तानबीचको द्वन्द्व आफूले अन्त्य गराएको दाबी गरे।
Shares

प्रतिक्रिया