इरानको संवैधानिक निगरानी निकायले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य निलम्बन गर्ने विधेयक आधिकारिक रूपमा अनुमोदन गरेको छ।
विधेयकले आईएईए निरीक्षकहरूलाई केही सर्त पूरा नभएसम्म इरानी आणविक स्थलको पहुँचबाट रोक्छ।
सर्तमा आणविक अप्रसार सन्धिको धारा ४ अन्तर्गत युरेनियम समृद्ध गर्ने इरानको अधिकारलाई मान्यता दिने कुरा छ।
विधेयक इरानको संसद्ले पहिले नै अनुमोदन गरिसकेको छ। यसका साथै धर्मगुरु र न्यायविद्हरूको निकाय गार्जियन काउन्सिलले पनि यसलाई अनुमोदन गरिसकेको छ।
यसको अर्थ अब यो आधिकारिक रूपमा कानुन बनेको छ।
यो कहिले र कसरी लागु हुनेछ भन्ने अन्तिम अधिकार भने इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र इरानका सर्वोच्च नेतामा निहित छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले भने इरानले सहयोग निलम्बन गरेकोबारे जानकारी नदिएको बताएको छ।
बीबीसीका अनुसार अहिलेसम्म आईएईएले यस विषयमा इरानबाट कुनै आधिकारिक सन्देश प्राप्त गरेको छैन।
सहयोग निलम्बनको अर्थ आईएईए निरीक्षकहरूलाई सर्त पूरा नभएसम्म इरानी आणविक स्थलहरूको पहुँचमा रोक लगाइनेछ।
यसअघि रुसले पनि अमेरिकी आक्रमण कारण देखाउँदै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य अन्त्य गरेको छ।
अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।
त्यसो त यसबीच आक्रमणले इरानको आणविक कार्यक्रम नष्ट नभएको रिपोर्ट पनि सार्वजनिक भएको छ। तर अमेरिकाले यसको खण्डन गरेको छ।
Shares

प्रतिक्रिया