इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीविरुद्ध अपमानजनक भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा अरागचीले ट्रम्पको मनोवृत्तिले खामेनीलाई मात्र नभई उनका लाखौँ समर्थकको मनमा पनि चोट पुगेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘यदि ट्रम्प इरानसँग सम्झौता गर्न चाहन्छन् भने उनले आफ्नो भाषा परिवर्तन गर्नुपर्नेछ।’
ट्रम्पले यसअघि खामेनीलाई मर्नबाट बचाए, अन्यथा उनी नराम्रोसँग मारिने थिए भनी टिप्पणी गरेका थिए।
इरानका विदेशमन्त्री अरागचीले इजरायलको पनि आलोचना गरेका छन्।
उनले भनेका छन्, ‘जब इरानका क्षेप्यास्त्र खस्छन्, तब इजरायल डरले 'बाबुकहाँ भाग्न' बाध्य हुन्छ।’
ट्रम्पलाई नेटो प्रमुख मार्क रुटले ठट्टा गर्दै 'बुबा' भनेका थिए।
नेटो प्रमुखले ठट्टा गर्दै भनेका थिए, ‘बुबाले कहिलेकाहीँ तिनीहरूलाई रोक्न कठोर भाषा प्रयोग गर्नुपर्छ।’
वास्तवमा ट्रम्प इजरायल र इरानले युद्धविराम तोडेकामा रिसाएका थिए।
त्यस क्रममा उनले इरानविरुद्ध कडा शब्द प्रयोग गरेका थिए।
जुन भनाइ कथन सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसो त यसबीच ट्रम्पले इरानलाई ३० अर्ब डलर सहयोग गर्न लागेको रिपोर्ट पनि सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया