अमेरिकाको टेक्ससमा बाढीका कारण १३ जनाको मृत्यु भएको छ।
प्रशासनले बाढीका कारण २० जना बालबालिका बेपत्ता भएको बताएको छ।
टेक्ससका उपराज्यपाल डान प्याट्रिकले भने, ‘बाढी आएको क्षेत्रमा व्यापक मात्रामा खोजी भइरहेको छ। यसमा हेलिकप्टरका नौ टोली र उद्धार टोली खटिएका छन्।’
डान प्याट्रिकले मृत्यु भएकाको संख्या बढ्न सक्ने बताएका छन्।
डान प्याट्रिकले सडकमा पानी जमेका कारण बेपत्ताहरूको खोजीमा ढिलाइ भइरहेको पनि बताएका छन्।

बीबीसीका अनुसार त्यहाँको मौसम विभागले आगामी केही घण्टामा पश्चिमी टेक्ससमा बाढीको अवस्था अझ भयावह हुन सक्ने चेतावनी दिएको छ।
555
Shares

प्रतिक्रिया