ग्लोबल


दिल्लीमा भूकम्प

दिल्लीमा भूकम्प

नेपालखबर
असार २६, २०८२ बिहिबार १०:३०, काठमाडौँ

भारतको दिल्लीमा आज बिहीबार बिहान भूकम्प गएको छ। 

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार बिहीबार बिहान ९:०४ बजे दिल्ली-एनसीआरमा भूकम्प महसुस गरिएको हो। 

भूकम्प ४.४ रेक्टर स्केलको थियो। 

दिल्ली-एनसीआरमा लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।

एनसीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराइ जमिनबाट लगभग दस किलोमिटर थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली-एनसीआर भूकम्पका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ र यो भूकम्पीय क्षेत्र ४ मा पर्छ। यो क्षेत्र उच्च भूकम्पीय गतिविधि हुनेमा गनिन्छ।

दिल्ली प्रहरीले भूकम्पका कारण अहिलेसम्म कुनै क्षतिको सूचना नआएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad