ग्लोबल


पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो

पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो

नेपालखबर
असार २७, २०८२ शुक्रबार ७:४९, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ यात्रुलाई बसबाट ओरालेर मारेका छन्। 

बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुईवटा बसमा रहेका यात्रुहरूलाई गोली हानेर मारिएको हो।

बीबीसी उर्दुका अनुसार, झोबका सहायक आयुक्त नवीद आलमले नौ यात्रुको मृत्यु पुष्टि गरेका छन्। उनले मृतकहरूको शव पन्जाब पठाउने व्यवस्था गरिएको बताएका छन्।

सरकारी अधिकारीहरूका अनुसार अज्ञात बन्दुकधारीहरूले बिहीबार साँझ सडकअवरुद्ध गरेको क्षेत्रमा बसबाट यात्रुलाई निकालेर हत्या गरेका हुन्। 

यसैबीच बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिदले विज्ञप्तिमा भनेका छन्, "आतंककारीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका छन्।"

उनले अगाडि भनेका छन्, "सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गरेको छ। हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क छौँ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad