नर्वेजियन नोबेल समितिले नोबेल पुरस्कार विजेता मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई मार्ने धम्की आएको बताएको छ।
इरानमा महिला अधिकारका लागि आवाज उठाइरहेकी नर्गिस मोहम्मदीले २०२३ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन्।
नर्वेजियन नोबेल समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्रिडनेससँगको फोन वार्तामा नर्गिस मोहम्मदीले आफ्ना वकिल र अन्य स्रोतमार्फत आफूलाई धम्की आएको थाहा पाएकी बताइन्।’
विज्ञप्तिअनुसार, नर्गिसले भनेकी छन्, ‘मलाई शासनका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज्यान मार्ने धम्की दिएका छन्।’
102
Shares

प्रतिक्रिया