बेलायतको राजधानी लन्डनबाट ४५ माइल टाढा लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना भएको छ।
स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेतिर लन्डनको साउथेन्ड विमानस्थलमा उडेको केही समयपछि नै एउटा व्यावसायिक जेट खसेको हो।
दुर्घटनाका केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।
BREAKING:
A plane crashed at London’s South East Airport, causing a large fireball to be witnessed by many people.
The number of casualties or injuries is yet to be determined. pic.twitter.com/YCcQt4Q25O — Tim (@Dragonboy155) July 13, 2025
दुर्घटनास्थलमा आगो र धुवाँको मुस्लो देखिएको छ।
विमान १२ मिटर (३९ फिट) लामो रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान बिच बी२०० सुपर किंग एयर थियो।
विमान नेदरल्यान्ड्सको लेलिस्ट्याड जाँदै थियो।
विमानमा कति जना थिए भन्ने आधिकारिक जानकारी आइसकेको छैन।
आफ्ना छोराछोरी र श्रीमतीसँग विमानस्थलमा रहेका जोन जोनसनले विमान जमिनमा ठोकिएपछि ठूलो आगोको गोला देखेको बताए।
उनका अनुसार उडेपछि विमान १८० डिग्रीमा घुम्यो र तीन वा चार सेकेन्डपछि तीव्र रूपमा बायाँतिर झुक्दै जमिनमा खस्यो।
दुर्घटनामा परेको बी२०० सुपर किंग दुई इन्जिन भएको टर्बोप्रप विमान हो।
यो विमान अमेरिकी कम्पनी बिचक्राफ्ट (अहिले टेक्स्ट्रोन एभिएसन अन्तर्गत) ले १९७० को दशकमा विकास गरेको हो।

यसको डिजाइन व्यावसायिक, चिकित्सा र सैन्य मिसनका लागि उपयुक्त छ। विमानको सबैभन्दा ठूलो विशेषता यो छोटो रनवेमा पनि सञ्चालन गर्न सकिनेछ।
Shares

प्रतिक्रिया