ग्लोबल


ट्रम्पको युद्धविराम चेतावनीमा रुसको जवाफ: ५० दिनको समयसीमा दिनुको अर्थ बुझ्न चाहन्छौँ

ट्रम्पको युद्धविराम चेतावनीमा रुसको जवाफ: ५० दिनको समयसीमा दिनुको अर्थ बुझ्न चाहन्छौँ

फाइल तस्बिर: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
असार ३२, २०८२ बुधबार ९:४१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युद्धविराम भएन भने भारी भन्सार शुल्क लगाइने चेतावनी दिएपछि रुसले जवाफ दिएको छ। 

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, रुसका विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पले ५० दिनको समय दिनुको उद्देश्य के हो भनेर जान्न चाहेको बताएका हुन्।

उनले भने, ‘५० दिनवाला उक्त वक्तव्यको अर्थ के हो? यसअघि पनि २४ घण्टा र १०० दिनको समयसीमा दिइएको थियो। हामीले यो सब देखिरहेका छौँ र अमेरिकाका राष्ट्रपतिको मनसाय बुझ्न चाहन्छौँ।’

अमेरिकाका राष्ट्रपति ट्रम्पले हालै ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे रुसविरुद्ध भारी भन्सार शुल्क लगाइने चेतावनी दिएका छन्।

रुसका विदेशमन्त्री लाभरोभले ट्रम्प युरोपेली संघ र नेटोको दबाबमा रहेको दाबी गरेका छन्।

युरोपेली संघ र नेटोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको मागलाई समर्थन गरिरहेका छन् र उनलाई निरन्तर हतियार प्रदान गरिरहेका छन्।

पश्चिमी देशका करदाताहरूले बढ्दो घाटाका रूपमा यसको मार खेपिरहेका छन्।

लाभरोभले रुसले पहिले नै 'अभूतपूर्व प्रतिबन्धहरू'को सामना गरिरहेको र कुनै पनि नयाँ प्रतिबन्धविरुद्ध लड्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad