सिरियाले आफ्नो देशमा गरिएको आक्रमण इजरायलको जित नभएको बताएको छ।
इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ।
यसलाई सिरियाका सूचनामन्त्री हमजा अल-मुस्तफाले इजरायली बमबारी 'विजय होइन' भएका हुन्।
इजरायली आक्रमण विजय होइन, ‘आफ्नो सरकारमाथिको आन्तरिक दबाबबाट बच्ने प्रयास" हो सिरियाको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘सुवैदा प्रान्तका जनता सिरियाका आधारभूत स्तम्भ हुन् र उनीहरू यस मातृभूमिका हिस्सा हुन्।’
सिरियाली स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु र ३४ जना घाइते भएको बताएको छ।
आक्रमणपछि इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भनेका छन्,‘चेतावनीको समय सकिएको छ, अब कडा र पीडादायी आक्रमण गरिनेछ।’
यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहुले भनेका छन्, ‘हामी हाम्रा ड्रुज दाजुभाइ बचाउन र सिरियाली शासनको गिरोह अन्त्य गर्न काम गरिरहेका छौँ।’
Shares

प्रतिक्रिया