ग्लोबल


अमेरिकाको लस एन्जलसमा कारले भिडमा ठक्कर दिँदा २० जना गम्भीर घाइते

अमेरिकाको लस एन्जलसमा कारले भिडमा ठक्कर दिँदा २० जना गम्भीर घाइते

नेपालखबर
साउन ३, २०८२ शनिबार १८:१८, काठमाडौँ

अमेरिकाको लस एन्जलसस्थित सान्ता मोनिका बुलेभार्डमा एउटा कारले भिडमा ठक्कर दिँदा कम्तीमा २० जना गम्भीर घाइते भएका छन्।

बीबीसीका अनुसार उक्त जानकारी लस एन्जलस अग्निसमन विभागले दिएको हो।

यो दुर्घटना लस एन्जलसको पूर्वी हलिउड क्षेत्रमा रहेको एक नाइटक्लब बाहिर स्थानीय समयअनुसार शनिबार बिहान २ बजे भएको हो।

घटनास्थलका तस्बिरमा फुटपाथमा खैरो कार, जमिनमा छरिएका भग्नावशेष र ठूलो संख्यामा प्रहरी उपस्थिति देखिएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। 

शुक्रबार लस एन्जलसकै काउन्टी सेरिफ प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। यो विस्फोट बम डिस्पोजल स्क्वाडको गाडीनजिकै भएको थियो। विस्फोटको वास्तविक कारण अझै खुल्न सकेको छैन। अनुसन्धान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad