ग्लोबल


ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ : ह्वाइट हाउस

ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ : ह्वाइट हाउस

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिट


नेपालखबर
साउन १६, २०८२ शुक्रबार ९:९, काठमाडौँ

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छन्।

प्रेस सचिव लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तानबीचको युद्धसहित छवटा द्वन्द्व समाप्त गरेको दाबी गरिन्।

प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अब थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत र पाकिस्तान, सर्बिया र कोसोभो तथा इजिप्ट र इथियोपियाबीचको द्वन्द्व समाप्त गर्नुभएको छ।’

लेभिटले थपिन्, ‘यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो छ महिनाको कार्यकालमा औसतमा हरेक महिना एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गर्नुभएको छ।’

उनले अगाडि भनिन्, ‘अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको छ।’

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad