हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नराख्ने अडान दोहोर्याएको छ।
गाजामा युद्धविरामका लागि जारी वार्तामा इजरायलका मुख्य मागमध्ये एकको जवाफमा हमासले उक्त अडान राखेको हो।
सशस्त्र प्यालेस्टिनी समूहका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वका लागि दूत स्टिभ विटकफले 'हमास हतियार राख्न तत्पर रहेको' रहेको भनेका थिए।
यसपछि हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नराख्ने जवाफ दिएको हो।
इजरायलले हमासको हतियार राख्ने सर्तलाई द्वन्द्व अन्त्य गर्न र कुनै पनि सम्झौताका लागि मुख्य सर्तमध्ये एक मान्छ।
युद्धविराम र बन्धक रिहाइका लागि इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता गत हप्ता रोकिएको छ।
केही दिनअघि अरब देशहरूले हमासलाई हतियार राख्न र गाजाको नियन्त्रण त्याग्न अनुरोध गरेका थिए।
यसअघि फ्रान्स, क्यानडालगायत केही पश्चिमी देशले प्यालेस्टाइनलाई एक देशका रूपमा मान्यता दिने योजना घोषणा गरेका थिए।
बेलायतले सेप्टेम्बरसम्म इजरायल केही सर्तमा सहमत नभएमा त्यसो गर्ने बताएको छ।
Shares

प्रतिक्रिया