ग्लोबल


फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

नेपालखबर
साउन २२, २०८२ बिहिबार ५:२६, काठमाडौँ

दक्षिणी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको छ। 

बीबीसीका अनुसार औडे क्षेत्रको ला रिबोउटे गाउँनजिकै मंगलबारदेखि आगलागी भइरहेको हो। 

अहिलेसम्म उक्त जंगलमा लागेको आगोले १३ हजार हेक्टर (५० वर्ग माइल) भन्दा बढी क्षेत्रफल जलाइसकेको छ।

आगलागीमा परेर एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएको बताइएको छ।

आगलागीले धेरै घर नष्ट भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।

आगलागी क्षेत्रमा १,८०० भन्दा बढी अग्नि नियन्त्रक र ५०० सवारीसाधन खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad