गाजाको अल-सिफा अस्पतालनजिकै इजरायलले गरेको आक्रमणमा आफ्ना चार पत्रकार मारिको अल जजिराले बताएको छ।
अल जजिराका अनुसार, इजरायलले हमला गरेका बेला संवाददाता अनस अल-सरिफ र मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिर र मोहम्मद नौफल अस्पतालको मुख्य ढोकामा पत्रकारहरूका लागि बनाइएको पालमा थिए।
त्यस क्रममा उनीहरू मारिएका हुन्।
करिब दुई हप्ताअघि मात्र अल जजिराले इजरायल रक्षा बल (आईडीएफ) को निन्दा गर्दै गाजामा अल-सरिफलगायत आफ्ना पत्रकारविरुद्ध चलाइएको अभियान 'उत्तेजनाको अभियान' भनेको थियो।
मारिएको केही समयपछि आईडीएफले अनस अल-सरिफमाथि आक्रमण गरेको पुष्टि गर्यो। उसले टेलिग्राममा पोस्ट गर्दै आरोप लगाएको छ, ‘हमासको आतंकवादी सेलको प्रमुखका रूपमा काम गरिरहेका थिए।’
आईडीएफले आक्रमणमा मारिएका अन्य पत्रकारको नाम भने उल्लेख गरेको छैन।
अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआदले भनेका छन्, अल-सरिफ गाजाभित्र संसारलाई समाचार दिने "एकमात्र आवाज" थिए।
Shares

प्रतिक्रिया