ग्लोबल


हेर्नुहोस्, ट्रम्प–पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

हेर्नुहोस्, ट्रम्प–पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

नेपालखबर
साउन ३१, २०८२ शनिबार १३:२३, काठमाडौँ

दश वर्षपछि अमेरिकाको भूमि टेक्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका विषयमा शनिबार (नेपाली समयानुसार शुक्रबार राति १ बजेपछि) वार्ता गरेका छन्।

अमेरिकाको अलास्कामा दुई नेताबीच ३ घण्टा भेटवार्ता भए पनि केके कुरामा सहमति भयो भन्ने विषयमा अहिलेसम्म प्रस्ट कुरा आइसकेको छैन। 

ट्रम्पले वार्ता सकारात्मक भएको र सम्झौताको नजिक पुगेको मात्र बताएका छन् भने पुटिनले अर्को वार्ता आफ्नै देशको राजधानी मस्कोमा गर्न प्रस्ताव गरेको बताएका छन्। 

भेटवार्तापछि ट्रम्प र पुटिनले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरे तर त्यहाँ उनीहरूले कुन कुन बुँदामा सहमति भयो भनेर बताएनन्। पत्रकार सम्मेलनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले गरेका प्रश्नका जवाफ पनि दिएनन्। 

आफूसँग भेट्न पुटिन अलास्का पुग्दा ट्रम्पले जमिनमा रातो कार्पेट र आकाशमा बमवर्षक विमानले स्वागत गरेका थिए।

हेर्नुहोस्, ट्रम्प-पुटिन भेटवार्ताका क्रममा खिचिएका २० तस्बिर : (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad