ग्लोबल


ट्रम्पलाई भेट्नुअघि बेल्जियम पुगे जेलेन्स्की

ट्रम्पलाई भेट्नुअघि बेल्जियम पुगे जेलेन्स्की

नेपालखबर
भदौ १, २०८२ आइतबार २०:५७, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आइतबार बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्।

बीबीसीका अनुसार त्यहाँ जेलेन्स्कीले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँग पत्रकार सम्मेलन गरेका छन्।

जेलेन्स्कीले आफू बेलायत र युरोपेली संघका नेताहरूसँग भर्चुअल बैठकका लागि ब्रसेल्स आएको बताए।

उनले यस बैठकमा सोमबार डोनाल्ड ट्रम्पसँग हुने भेटघाटबारे छलफल गर्ने बताए।

जेलेन्स्की सोमबार ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन जाँदै छन्।

जसमा बेलायतका प्रधानमन्त्रीसहित धेरै जना युरोपेली नेता सहभागी हुनेछन्।

जेलेन्स्कीले भने, ‘यो ऐक्यबद्धताले (रुससँग) शान्ति सम्झौतामा पुग्न मद्दत गर्नेछ।’

तर उनले यसो पनि भने, ‘पुटिनका धेरै माग छन्, हामीलाई उनका सबै माग थाहा छैन।’

जेलेन्स्कीले सकेसम्म चाँडो अन्तिम सम्झौतामा काम गर्न युद्धविराम गर्नुपर्ने बताए।

उनले भने, ‘यसका लागि वास्तविक वार्ता आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad