विराटनगरमा आज निकालिएको ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने करिब ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरीले रथयात्रा परिक्रमा मार्ग वरपर निगरानीका क्रममा उछृङ्खल गतिविधि गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। दिउँसो तुलनात्मक रूपमा शान्त रहेको भएपनि साँझतिर भीड बढेसँगै उछृङ्खल गतिविधि बढेपछि नियन्त्रण कार्य तीव्र भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालका अनुसार, वडा र जिल्ला प्रहरी कार्यालय दुवै तर्फबाट निगरानी तथा जाँच गर्ने क्रममा ती व्यक्तिहरू पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको व्यक्तिगत विवरण, मोबाइल रेकर्ड लगायतका बारेमा आवश्यक तथ्याङ्क भने भोलि मात्र संकलन हुने प्रहरीले जनाएको छ।
रथयात्राको क्रममा एक हजार बढी सुरक्षाकर्मीहरू खटाइएका छन्।
Shares

प्रतिक्रिया