पाकिस्तानको खैबर पख्तुनख्वामा अगस्ट १७ देखि अहिलेसम्म वर्षा र बाढीले ३२३ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन्।
बीबीसी उर्दुका अनुसार, बाढी-पहिरोले खैबर पख्तुनख्वा प्रान्तका स्वात, बुनेर, बाजौर, तोरघर, मानसेहरा,साङ्ला र बट्टाग्राम जिल्लामा धेरै क्षति भएको छ।
बाढी-पहिरोका कारण सबैभन्दा बढी बुनेर जिल्लामा २१७ जनाको मृत्यु भएको छ।
वर्षा र अचानक आएको बाढीका कारण ३३६ घर क्षति भएका छन्, जसमध्ये २३० आंशिक र १०६ घर पूर्ण रूपमा नष्ट भएका छन्।
त्यहाँ अगस्ट १९ सम्म भारी वर्षा र अगस्ट २१ सम्म बीच-बीचमा वर्षा हुने अनुमान त्यहाँका मौसमविद्ले गरेका छन्।
108
Shares

प्रतिक्रिया