विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ।
उनको इन्स्टाग्राम अकाउन्टमा लेखिएको छ, ‘लामो समयदेखि प्यान्क्रियाटिक क्यान्सरसँग लडिरेहका न्यायाधीश फ्र्याङ्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको छ।’
फ्र्याङ्क क्याप्रियो अदालतमा मुद्दा सुनुवाइ गर्ने आफ्नो हलुका र हास्यपूर्ण तरिकाका लागि परिचित थिए।
न्यायाधीश क्याप्रियो लामो समयदेखि चलिरहेको रियालिटी टीभी कार्यक्रममा देखा परेका थिए। यो कार्यक्रम रोड आइल्यान्डको नगरपालिका अदालतमा आधारित थियो।
यस रियालिटी टीभी कार्यक्रममा न्यायाधीश क्याप्रियोको शैली र सहानुभूतिसहित गरिएका निर्णयको अत्यधिक प्रशंसा गरिएको थियो।
105
Shares

प्रतिक्रिया