सरकारी कोषको दुरुपयोग गरेको आरोपमा शुक्रबार गिरफ्तार श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे अस्वस्थ भएपछि शनिबार अस्पताल भर्ना भएका छन्।
सञ्चारमाध्यमका अनुसार डिहाइड्रेसनको समस्या देखिएपछि शनिबार उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।
उनको जमानत निवेदन खारेज गरिएको छ।
विक्रमसिंघेको जमानत निवेदन सुनुवाइका क्रममा उनका वकिलहरूले उनलाई गम्भीर मुटुको रोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताएका छन्।
जमानत निवेदन अस्वीकार भएपछि उनलाई पहिले जेल अस्पताल, त्यसपछि राजधानी कोलम्बोको अस्पताल लगिएको हो। जहाँ उनलाई आईसीयूमा राखिएको छ।
सन् २०२३ मा क्युबामा भएको जी७७ शिखर सम्मेलनबाट फर्कने क्रममा सरकारी खर्चमा आफ्नो व्यक्तिगत कामका लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप विक्रमसिंघेलाई लागेको हो।
तर उनले आरोप अस्वीकार गरेका छन् र लन्डनमा धेरैवटा बैठकमा भाग लिएको दाबी गरेका छन्।
यसैबीच विक्रमसिंघेको युनाइटेड नेसनल पार्टी (यूएनपी) ले उनी फेरि सत्तामा फर्कने डरले वर्तमान सरकारले उनलाई जेल पठाएको आरोप लगाएको छ।
Shares

प्रतिक्रिया