ग्लोबल


गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा

गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा

बन्धक रिहाइको माग गर्दै इजरायलमा गत हप्तादेखि निरन्तर विरोध प्रदर्शन भइरहेको छ।


नेपालखबर
भदौ ८, २०८२ आइतबार ११:३९, काठमाडौँ

गाजामा युद्धविरामका लागि सम्झौता गर्न माग गर्दै शनिबार इजरायलमा हजारौँ मानिस सडकमा उत्रिएका छन्। 

बीबीसीका अनुसार धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठूलो संख्यामा मानिस सहभागी भएका थिए। 

प्रदर्शनकारीहरूले गाजा सहर कब्जा गर्ने इजरायली सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताए।

इजरायलका पूर्वरक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन हाल अति दक्षिणपन्थी सदस्यहरूमा निर्भर छ, जसले युद्ध अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौता नगर्न भनिरहेका छन्। 

यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमण र कुपोषणका कारण पछिल्लो २४ घण्टामा ६० भन्दा बढी जनाको मृत्यु भएको बताएको छ। 

संयुक्त राष्ट्रसंघले गाजाको अवस्थालाई ‘मानवताकै असफलता’ भन्दै तत्काल युद्धविराम र सबै बन्धकको रिहाइ सुनिश्चित गर्न आह्वान गरेको छ। 

गाजामा युद्धविराम र बन्धक रिहाइको विषयमा नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। किनभने नेपाली विद्यार्थी विपिन जोशी पनि झन्डै २ वर्षदेखि हमासको कब्जामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad