ग्लोबल


खामेनीले भने- इरान अमेरिकासामु कहिले झुक्ने छैन

खामेनीले भने- इरान अमेरिकासामु कहिले झुक्ने छैन

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी


नेपालखबर
भदौ ९, २०८२ सोमबार ७:२४, काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको वर्तमान अवस्थाको 'कुनै समाधान' नभएको बताएका छन्।

साथै उनले इरानले अमेरिकी दबाबका अगाडि कहिल्यै नझुक्ने अडान पनि व्यक्त गरेका छन्।

खामेनीको यो भनाइ इरान आफ्नो आणविक कार्यक्रमका विषयमा पश्चिमी शक्तिहरूसँग टकराब भइरहेका बेला आएको हो।

इजरायल र अमेरिकाले गत जुनमा इरानका आणविक स्थलहरूमा बम हानेका थिए।

यसपछि इरानले अमेरिकासँगको आफ्नो आणविक वार्ता स्थगन गरेको छ। 

इरानको आणविक कार्यक्रमबारे इरान र युरोपेली नेताहरू अर्को हप्ता भेट्ने कार्यक्रम छ। तर यस बैठकमा अमेरिका सहभागी हुने छैन।

फ्रान्स, बेलायत र जर्मनीले इरान आणविक वार्तामा फर्कन तयार भएन भने आफूहरूले संयुक्त राष्ट्र संघका प्रतिबन्ध पुन: लगाउन सक्ने चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad