ad ad

ग्लोबल


बेलायतमा कोरोनाबाट अर्का पूर्व गोर्खा सैनिक बुद्धबल गुरुङको मृत्युु

बेलायतमा कोरोनाबाट अर्का पूर्व गोर्खा सैनिक बुद्धबल गुरुङको मृत्युु

प्रजय शुक्ल
बैशाख ५, २०७७ शुक्रबार १४:४१,

बेलायतको लण्डन निवासी पूर्व गोर्खा सैनिक ८३ वर्षीय बुद्धबल गुरुङको कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु भएको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार गुरुङसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ।

यसअघि वेष्ट ड्राइटनमा ८२ वर्षीय पूर्व गोरखा सैनिक हरिमान तामाङको कोरोनाकै कारण निधन भएको थियो।

बेलायत बसोबास गर्ने पाको उमेरका नेपाली कोरोनाका कारण बढी जोखिममा परेका हुन्। कोरोनाका कारण भूपू गोर्खाहरुको एकपछि अर्को मृत्युको खबरले बेलायतबासी नेपाली दुःखी छन्।

नेपाल घर गोरखा जिल्लाको सिरान्चोक भएका बुद्धबल गुरुङ ९ वर्षदेखि फार्नब्रोमा बस्दै आएका थिए। घरमा अस्वस्थ महसुस भएपछि गुरुङ र उनकी श्रीमती दुवैलाई सोमबार अस्पताल लगिएको थियो। कोरोना जाँच गर्दा दुवैलाई कोरोना पोजिटिभ देखिएको थियो।

अस्पतालले श्रीमतीलाई घरमा उपचार गर्न औषधि दिएर घर फर्काइदिएको थियो। स्वास्थ्य अवस्था नाजुक भएका कारण गुरुङलाइ भर्ना लिएको थियो। बुधबार अस्पतालले परिवार सदस्यलाइ फोन गरी उपचर क्रममा गुरुङको मृत्यु भएकको खबर दिएको हो।

गुरुङको मृत्युबारे बोल्दै उनका नातेदार तथा गोरखा जिल्ला तमु समाज युकेका अध्यक्ष फडकजित गुरुङले मृतक गुरुङको परिवारका सबै सदस्य अहिले घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिए। उनकाअनुसार सँगसँगै अस्पताल भर्ना भएर डिस्चार्ज भएकी बुद्धबलकी श्रीमतीको अवस्था सामान्य छ। उनी स्वतन्त्र हिँडडुल गर्नसक्ने अवस्थामा छिन्।

'बेलायतमा कोरोनाबाट १६ जनाको मृत्यु'

नेपाली दूताबास लण्डनका प्रवत्ता एवं नियोग उपप्रमुख शरदराज आरणले बेलायतमा १६ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको नेपालखबरलाई बताए । कोरोनाबाट नेपालीको मृत्युको संख्या दिनहुँ बढिरहेकोमा दुःख व्यक्त गर्दै उनले मृतकका परिवारप्रति संवेदना प्रकट गरे।

बेलायतमा कोरोना संक्रमणबाट शुक्रबार एकैदिन ८ सय ४७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ। १ लाख भन्दा बढी संक्रमित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .