युक्रेनमा आक्रमण गरिरहेको रुसबाट तेल किनेर उसलाई सहयोग गरिरहेको आरोप लगाउँदै अमेरिकाले भारतबाट आफ्नो देश भित्रिने सामानमा यही अगस्ट २७ देखि ५० प्रतिशत भन्सार महसुल लगाएको छ।
जसले गर्दा अहिले अमेरिका र भारतबीच त्यति राम्रो सम्बन्ध छैन।
यसैबीच युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकाका सांसद लिन्ड्से ग्राहमले भारतको नाम लिएर टिप्पणी गरेका छन्।
लिन्ड्से ग्राहमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘भारत, चीन, ब्राजिल र अन्य देश जसले रुसबाट सस्तोमा तेल किनिरहेका छन् र पुटिनको युद्ध मेसिनलाई शक्ति दिइरहेका छन्: अहिले तपाईंलाई कस्तो लाग्छ?’
‘तपाईंको खरिदले निर्दोषहरूको ज्यान लिइरहेको छ। यसमा बालबालिकाहरू पनि छन्।’
लिन्ड्सेले एउटा भिडिओ सेयर गरेका छन्, जसमा रुसले युक्रेनमा आक्रमण गर्दा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको भनिएको छ।
India, China, Brazil and others who prop up Putin’s war machine by buying cheap Russian oil: How do you feel right now that your purchases have resulted in innocent civilians, including children, being killed?
India is experiencing the cost of supporting Putin. To the rest, you… https://t.co/G1KeSmKv1J— Lindsey Graham (@LindseyGrahamSC) August 28, 2025
लिन्ड्सेले भनेका छन्, ‘पुटिनलाई समर्थन गरेकामा भारतले मूल्य चुकाइरहेको छ। अन्य देशको पालो पनि चाँडै आउनेछ।’
Shares

प्रतिक्रिया