अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको गोप्य सेवा सुरक्षा खारेज गरेका छन्।
अमेरिकी कानुनअनुसार, उपराष्ट्रपतिले पद छाडेपछि पनि ६ महिनासम्म गोप्य सेवा सुरक्षा पाउँछन्।
तत्कालीन राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्त्यमा यो अवधि एक वर्ष बढाउन आदेश दिएका थिए।
तर ट्रम्पले यसलाई खारेज गरिदिएका हुन्। जसअनुसार अब यो अतिरिक्त सुरक्षा २०२५ सेप्टेम्बर १ बाट समाप्त हुने भएको हो।
यो निर्णय, ह्यारिसले आफ्नो पुस्तक ‘१०७ दिन’को प्रचार गर्न देश दौडाहामा निस्कन लागेका बेला गरिएको हो।
ह्यारिसको गोप्य सेवा सुरक्षा हटाउनुको अर्थ लस एन्जलसमा उनको सुरक्षाका लागि उनीसँगै नियुक्त सुरक्षा एजेन्ट अब हुने छैनन्।
यसका साथै सम्भावित खतरा पहिचान गर्न र रोक्न कुनै गुप्तचर निगरानी पनि हुनेछैन।
गत राष्ट्रपति चुनावमा कमला ह्यारिस ट्रम्पविरुद्ध डेमोक्र्याटिक उम्मेदवार बनेकी थिइन्।
Shares

प्रतिक्रिया