ग्लोबल


चिनियाँ सैन्य परेडमा सहभागी पुटिन र किमप्रति ट्रम्पको आक्रोश: दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्

‘चीनको स्वतन्त्रताका लागि अमेरिकाले कति समर्थन र रगत दियो’
चिनियाँ सैन्य परेडमा सहभागी पुटिन र किमप्रति ट्रम्पको आक्रोश: दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्

नेपालखबर
भदौ १८, २०८२ बुधबार १०:१६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ८०औँ विजय दिवसका अवसरमा सैन्य परेड चलिरहँदा त्यसमा सहभागी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनविरुद्ध आरोप लगाएका छन्। 

ट्रम्पले उनीहरू दुवैले ‘अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको’ आरोप लगाएका हुन्। 

सैन्य परेड सुरु हुनेबित्तिकै ट्रम्पले ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन भनिदिनुहोस्। उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।’

ट्रम्पले राष्ट्रपति सीले चीनको स्वतन्त्रताका लागि अमेरिकाले कति समर्थन र 'रगत' दियो भनेर उल्लेख गर्ने अपेक्षा पनि गरेका छन्। 

उनले लेखेका छन्, ‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे। मलाई आशा छ- उनीहरूको बहादुरी र बलिदानका लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad